बिर्तामोड  : जिल्ला सहकारी संघ झापाले राष्ट्रिय सहकारी दिवस बृहत रुपमा मनाउने तयारी गरेको छ ।  संघले ‘सहकारीमा सुशासन,  प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ चैत २० गते झापाको बिर्तामोडमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने तयारी गरेको आज संघको सभाहलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । 

यस वष २९ वटा नारासहित भव्यताका साथ सहकारी दिवस मनाउन लागिएको संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए । 

सहकारी क्षेत्रमा पछिल्लो समय केही समस्या देखिएको बताउँदै अध्यक्ष ढकालले भने ‘सहकारी संस्थाको एकीकरणका लागि राज्यले पनि सहयोग गर्नु पर्ने बताए ।  

सहकारी दिवस सफल बनाउन अध्यक्ष ढकालको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल समारोह समिति र ४१ सदस्यीय सचिवालय गठन गरी प्रचार प्रसारलाई तीब्र पारिएको छ ।

सहकारी दिवसका दिन महानन्द चौक,  भगवान चौक, बिर्ता वजार र बस पार्क क्षेत्रबाट प्लेकार्ड र झाकी सहितको ¥याकीको आयोजना गर्दै कार्यक्रम स्थाल सीटी सेन्टरमा सभामा परिणत हुने बताइएको छ ।

कार्यक्रमलाई सभ्य बनाउन २ सय स्वयम सेवक परिचालन गरिने अध्यक्ष ढकालको भनाई छ । कार्यक्रमको उद्घाटन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गर्ने कार्यक्रम तय भएको बताइएको छ । 

पत्रकार सम्मेलनमा संघका सञ्चालक समिति सदस्य कृष्ण पौडेल,  केशव वस्नेत, व्यवस्थापक सञ्जु देवान लगायतको उपस्थिति रहेको थियो । 

सहकारीलाई सुरक्षित बनाउन सुरक्षाका ५ वटा क्षेत्रलाई समेटेर स्मारिक प्रकाशन गर्न लागिएको समेत बताए ।  संघले सहकारीमाथि भइरहेको आक्रमणलाई निस्तेज गर्न सहकारी व्यवसायको सुरक्षामा केन्द्र्रित भई संघका सदस्य संघ÷ संस्थाको माग बमोजिम बिर्तामोडमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार समिति, उप–समिति, कर्मचारी र सदस्यसहित १० औं हजार सहकारीकर्मीहरुको उपस्थितिमा कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।