बिर्तामोड :  झापाको कनकाई–८ स्थित घाघरा पुल नजिक बेवारिसे अवस्थामा फेला परेको माछा प्रहरीले नष्ट गरेको छ ।

आइततबार कनकाई–८ चारपाने घाघर पुल स्थित लोकमार्गको दक्षिण किनारमा बेवारिसे अवस्थामा फेला परेको रहु, सिलिङ तथा

पमप्लेट जातको करिब चार सय ५० केजी माछा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फेला पारी जिल्ला प्रहरी कार्यालय झापामा ल्याई कार्यालय कम्पाउण्ड भित्र जनप्रतिनिधि, क्वारेन्टाइनका कर्मचारीहरु लगायतको रोहवरमा खाल्डो खनेर पुरेको हो ।