झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्तालुङ एजुकेशन फाउण्डशनको हाताभित्र निराहार सातदिने भूतपस्यामा बसेका साधक तिलक लिम्बू ९अद्वैत मनोक्रान्ति० ले सात दिने भूतपस्या पूरा गरेका छन् । 

मनोक्रान्तिका प्रवर्तक डा। योगी विकाशानन्दले जुस पिलाएर साधक लिम्बूलाई भूतपस्याबाट निकालेका हुन् । २०६४ सालबाट मनोक्रान्ति साधनमा लागेका झापा कमल गाउँपालिका–७ केर्खा स्थायी घर भएका साधक लिम्बूले पहिलो पटक भुतपस्या गरेका हुन् । 

भूतपस्याबाट निस्किएका साधक लिम्बूले गुरुको शक्ति र दृढ इच्छाशक्तिका कारण तपस्या पूर्ण भएको बताए ।   कार्यक्रममा डा। योगी विकाशानन्दले मनभित्रको लडाइँलाई जो कोहीले जित्न सक्ने बताए ।  

कार्यक्रमम स्थलमा आयोजना गर्न लागिएको ‘फायर वक’ (आगोमाथि हिँड्ने कार्य० समेत गरिएको थियो । 

डा. योगी विकाशानन्दका साथमा रेकी ग्राण्ड माष्टर कमलेश्वरी आनन्दको समेत सहभागिता थियो । सँगै अन्य अनुयायी र हेर्न आउनेहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका व्यवस्थापक तथा फक्तालुङ एजुकेसन फाउन्डेसनका संस्थापक ओमविक्रम नेम्बाङले मानिसहरुलाई सत्मार्गमा डोहोर्याउनका कार्यक्रम गरिएको बताए । 

डा.योगी विकाशानन्दले “संसारलाई बदल्नु छ, शुरु आफैंबाट गर्नु छ” भन्ने मनोक्रान्ति अभियानको नारालाई जनमानसम्म पुर्याउन नेपालमा योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार कार्य गर्दै आएका छन् ।