मेचीनगर 

कोशी प्रदेशस्तरीय अन्डर १३ फुटबलको छनोटमा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविका  ५ जना खेलाडी छनोटमा परेका छन् । 

पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको इस्ट होराइजनका ५ जना छात्र पुरुष खेलाडी केन्द्रको लागि धरानमा भएको छनोट प्रतियोगितामा छानिएको इस्ट होराइजनका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । प्रिन्सिपल  राईका अनुसार विद्यालयका कृतेस बुढाथोकी, निर्जल मोहोरा, नयन प्रधान, जोनव लिम्बू र कौशल थापा छनोटमा परेका हुन् । 

चैत २९ र ३० गते भएको छनोटमा झापाबाट ३२ जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेशबाट भने २०२ जना छात्रहरु छानिएका छन् ।

अखिल नेपाल फुटबल संघको कार्यक्रमअनुसार अन्तिम चरणको छनोट कार्यक्रम आजदेखि बैशाख ८ गतेसम्म च्यासल रंगशालामा हुने संघका कोशी महासचिव भगिरथ आले मामाले जानकारी दिए ।