झापाको अर्जुनधारा ५ पानीकल  स्थित  बिरीङ खोला जाने कच्ची भित्री सडक खण्डबाट एक जना लागु औषध सहित पक्राउ परेका छन् ।  आज दिउंसो ३ बजेको समयमा कनकाइ नगरपालिका ८ बस्ने नारायण लाल चौधरीको छोरा वर्ष ३१ को रविन चौधरीलाई लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सो स्थानमा लागु औषध कारोबार हुदै छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । 

चैधरीको साथबाट ४० ग्राम ८२० मिलिग्राम  खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै अर्का अन्दाजी २७ बर्षको बिमल राई प्रहरीलाई देख्न साथ फरार भएको र उनको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय अनारमनी मा राखिएको र फरार राईको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।