झापा—
झापामा लागुओैषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले झापा गाउँपालिकामा आज गोली चलाएको छ ।
नेपाल भारत सीमा नाका झापा गाउँपालिका(३ स्थित कामाटोलीमा प्रहरीले सोमबार साँझ ६ बजेको समयमा
एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरेको लागू औषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।
भारतबाट लागुओैषध बोकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० बर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको प्रहरीको दाबी छ । हवाई फायर गर्दा समेत अटेर गरेर प्रहरीमाथि हातपात गरेपछि उनलाई गोली हानिएको हो । उनको खुट्टामा गोली लागेको छ ।
पक्राउ परेका कारोबारीबाट १३० ग्राम खैरो हेरोइन र एकथान खुकुरी र दाउ समेत बरामद भएको छ । पक्राउ परेका मिया लागुऔषधको ठुलो कारोबारी भएको जनाईको छ ।
प्रहरीले मियालाई नियन्त्रणमा लिई उपचारकालागि लगिएको जनाईएको छ । लागू औषध नियन्त्रण ब्युरो बेन्द्रिय कार्यलय र जिल्लाको टोलीले मियालाई पक्राउ गर्न गएको थियो । अहिले कामाटोलीमा भिडभाड बढेको छ ।