हल्दीबारी । 

झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर २ स्थित जीवन बस्तीका  चिराकुटी राजवंशीलाई  उपचारकालागि अस्पतालमा भर्ना गरिएको छ । 

एक बर्षअघिदेखि बिरामी राजवंशीलाई हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको पहलमा उपचारका लागि पालिकाको अस्पताल भर्ना गरिएको हो । आर्थिक अवस्था दयनीय भएका विपन्न  राजवंशी बिगत एक बर्षदेखि सुगर रोगका कारण घरमै थला परेर बसेका थिए ।

 दैनिक ज्यालादारी  गर्दै आएका उनी रोगका कारण थला परेर घरमै थिए ।  उनको अवस्था थाहा पाए पश्चात अध्यक्ष लिङदेनको पहलमा वडा नम्बर २ अध्यक्ष सुकलाल राजवंशी, कार्यपालिका सदस्य विजय राजवंशीसहित स्थानीयको समन्वयमा सोमवार गाउँपालिकाको अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।