नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेतिथि विरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

आज झापाको बिर्तामोडमा पत्रकार भेटघाट गर्दै विप्लव माओवादीले झापाका सबै स्थानीय तहमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताउंदै विभिन्न १७ बुँदे माग अघि सारेको छ । 

केहि दिन अघि दमकमा भएको  पार्टीको चौथो पूर्ण वैठकमा गरिएका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका झापा इञ्चार्ज सुमन सिंह पौडेल ‘सि’ ले पार्टीको संरचनालाई पालिका, नगर तथा गाउँ वडासम्म विस्तार गर्दै आफ्ना एजेण्डा र मागहरुलाई अगाडि बढाएर मिसन ०८४ को सट्टा मिसन समाजवादलाई लिएर जाने बताए । 

संसदीय व्यवस्थालाई परिमार्जन गर्नका लागि पनि आगामी निर्वाचनमा भाग लिनु पर्ने अवस्था रहेको भन्दै पार्टीले समाजवादलाई मुख्य एजेण्डा बनाएर जनता माझ जाने निर्णय गरेसंगै जिम्वेवारी समेत हेरफेर भएको झापा इञ्चार्ज सुमन सिको भनाईछ ।

निर्वाचनलाई लक्षित गरी झापाका पाँच वटै निर्वाचन क्षेत्रमा पार्टीका कमाण्डरहरु खटाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । झापा क्षेत्र नम्वर १ मा अर्जुन पाण्डे सि, क्षेत्र नम्वर २ मा सुमन सि, झापा क्षेत्र नम्वर ३ मा हुकुम सि, ४ मा प्रशान्त सि र झापा क्षेत्र नम्वर ५ मा सञ्जय सिलाई जिम्वेवारी दिइएको बताइएको छ ।

स्थानीय पाालिकाले ल्यााउने बजेटमा अनिवार्य समाजवाद उन्मुख हुनुपर्ने आफूहरुको एजेण्डालाई स्थापित गर्न स्थानीय तहसंग छलफल र वहललाई अगाडि बढाउने विप्लव माओवादीले जनाएको छ ।

एमसीसी, एसपीपी तथा अन्यरााष्टघाती योजना विरुद्धका संघर्षलाई जारी राख्दै बालवालिका महिला तथा दलित माथि हुने हिंसा र अत्याचार विरुद्ध कडा कारवाही हुने चेतावनी समेत दिइएको छ । लागू औषधको कारोवार वढेको भन्दै त्यस विरुद्ध समेत कडा रुपमा प्रस्तुत हुने जनाएको विप्लव माओवाादीले क्यासिनोमा नेपााली प्रवेश कालोवजारी, तस्करी, जुवाडे लगायत ठगी विरुद्ध राज्यका प्रशासनीक निकायसंग सहकार्यको प्रयत्न गर्दै जनसुरक्षाका कामलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउन युवा परिचालन गर्ने झापा इञ्चार्ज सुमन सिको भनाई छ ।

पत्रकार सम्मेलनमा केही दिन अघि झापाको दमकमा भएको गोली काण्डको विषयमा सुरक्षा निकायले काम गर्न नसकेको भन्दै आलोचना गरिएको छ ।