बिर्तामोड । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित खुदुनाबरीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा २ चौरासे बस्ने ५४ बर्षीय मोहन प्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको हो । 

आज घर नजिकैको मकैबारीमा मल लगाउदै गर्दा अन्दाजी ४ बजेर ५० मिनेट जादाँ बर्षादसंगै परेको चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाईते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारको क्रममा अहिले साँझ ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।