भद्रपुर

मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने पर्वको अवसरमा ओमसाई पाथिभरा हस्पिटलले चार सयभन्दा बढी वृद्धाहरुलाई आज सम्मान गरेको छ ।

भद्रपुर–८ स्थित हस्पिटलका अध्यक्ष दिपक पोखरेल र प्रबन्ध निर्देशक बालकुमार पोखरेल साईरामको निवासमा उनीहरु  लगायतले आमाहरुलाई साडी र नगद प्रदान गर्दै भोजन गराएका हुन् ।  

7e8345ac-d208-4495-a3bb-efd2b23181c6

हस्पिटलले आमाको मुख हेर्ने पर्वका दिन यसरी ज्येष्ठ महिलाहरुलाई ठूलो संख्यामा सम्मान गरेको यो तेस्रोपटक भएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । भद्रपुर नगरपालिका वडा नं ३ की १०५ वर्षीया रत्नमाया मगरले सम्मान पाएकोमा खुशी व्यक्त गरीन ।  

 सम्मानित आमाहरुलाई घरबाट ल्याउने र पुर्याउने गाडीको व्यवस्था हस्पिटलका तर्फबाटै गरिएको हस्पिटलका प्रबन्ध निर्देशक साइराम पोखरेलले बताए । 

कार्यक्रममा हस्पिटलका चिकित्सक र नर्सहरुको समेत सहभागिता रहेको थियो । सम्मान ग्रहण गर्न आउनु भएका आमाहरुको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको व्यवस्थापक मनोज दाहालले बताए ।