बिर्तामोड । 

लायन्स क्लब अफ बिर्तामोड लेडीले मातातीर्थ औँसीको अवसरमा आमालाई खाद्यान्न तथा फलफूल वितरण गरेको छ ।

आज बिर्तामोड ५ स्थित  जात्रुबारीका बिपन्न २० परिवारका परिवारका आमाहरुलाई खाघान्य, साडी तथा फलफूल वितरण गरेको हो । औशीको सन्दर्भमा माताहरुको सम्मानस्वरुप उक्त सहयोग गरेको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् ।