मेचीनगर । प्रहरीले झापाको मेचीनगर क्षेत्रबाट  अवैध लाइटर बरामद गरेको छ । 

 ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार मेचीनगर( ७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइ

राखेको अवस्थामा दुई लाख ९० हजार मुल्यको   लाइटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पछिल्लो समय मेचीनगर क्षेत्रबाट प्रहरीले अवैध समानहरु धामाधम बरामद गर्दै आएको छ ।