बिर्तामोड । 

प्रहरीले  ठूलो परिमाणको अवैध कपडा बरामद गरेको छ । मेचिनगर क्षेत्रबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङको संयुक्त टोलीले आज  बिहीबार बिहान १०  लाख मूल्य बराबरको कपडा बरामद गरेको  जनाइएको छ  ।

मेचीनगर नगरपालिका वडा नम्वर १ भालुखोपबाट भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी नायव निरीक्षक जुलुम चौधरी र सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ सशस्त्र प्रहरी नायव निरीक्षक देवकान्त चौधरीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले  

 प्रहरीले १० बोरा कपडा ९पर्दा(१७५८ पिस र मोजा(३७८ पिस० बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा  सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।