बिर्तामोड । महेन्द्रा कम्पनीको ट्याक्टर खरिदमा एक जनाले मोटरसाइकल उपहार पाएका छन् ।  महेन्द्रको ट्याक्टर खरिदमा पाँचथरको मिक्लाजुङ गाउँपालिकाका मिसेक फियाकले मोटरसाइकल उपहार जितेका हुन् । 

लक्की ड्र मार्फत फियाकले जावा कम्पनीको ८ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको मोटरसाइकल प्राप्त गरेका हुन् । 

कम्पनीले गत दशैं तिहारमा आयोजना गरेको महेन्द्रा उत्सव अन्तरगत ट्याक्टर खरिदमा लक्की ड्र मार्फत उपहार प्राप्त गरेका उनलाई आज  बिर्तामोडमा उपहार हस्तान्तरण गरिएको छ ।

मिसेकलाई महेन्द्राका कन्ट्री मेनेजर रक्सित राय, अग्नि इनकर्पोरेटरका उपनिर्देशक बरदान बस्नेत, अग्निका उपमहाप्रवन्धक प्रत्युस श्रेष्ठ, सकुसल ट्रेडलिकका सञ्चालक टुकेन्द्रराज अधिकारी, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, निबर्तमान अध्यक्ष प्रकाश श्रेष्ठलगायतले उपहार हस्तान्तरण गरेका हुन् ।  

महेन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेटर तथा झापाका लागि आधिकारी बिक्रेता बिर्तामोडको सकुसल ट्रेडलिक मार्फत मिसेकले गत दशैंपछि ट्याक्टर खरिद गरेका थिए । 

त्यस्तै महेन्द्रा उत्सव अन्तरगत लक्की ड्र मार्फत चरीकोटको देवकोटा निर्माण सेवालाई  महेन्द्राको ३ लाख ५० हजार मूल्य बराबरको जेनेटर र बिरगंजका अदेश कुमारलाई महेन्द्राको ५ लाख ९५ हजार मूल्य बराबरको इ अटो ‘टियोयारी’ उपहार लक्की ड्र मार्फत उपहार जितेका छन् ।