मेचीनगर

मेचीनगर १० स्थित धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविमा चुनावी प्रक्रियाबाट स्कुल क्याप्टेन (हेड गर्ल र हेड ब्वाइ) चुनिएका  छन् ।

अतिरिक्त क्रियाकलापका अब्बल रहेको विद्यालयमा आज भएको निर्वाचनमा इरेजर चुनाव चिह्न भएकी छात्रा अन्वेशा श्रेष्ठ ’हेड गर्ल’ र ग्ल्यु चुनाव चिह्न भएका छात्र प्रयास ढकाल ’हेड ब्वाइ’ पदमा निर्वाचित भएका हुन् । 

हेड गर्लमा निर्वाचित भएकी इरेजर चुनाव चिह्नकी उम्मेदवारले २९२ मत प्राप्त गरेकी थिइन् भने हेड व्वाइमा निर्वाचित ग्ल्यु चुनाव चिह्नका उम्मेदवारले २८३ मत प्राप्त गरेका थिए ।


कक्षा ६ देखि कक्षा १० सम्मका ७०७ जना विद्यार्थीमध्ये ६३७ जनाले मतदान गरेका थिए भने ५६ जना अनुपस्थित रहेका थिए । 

निर्वाचनका लागि गठित आयोगका प्रमुख एवम शिक्षक अनुज दाहालका अनुसार १४ मत बदर भएको थियो ।

सर्वमान्य नियम पालना गर्दै निर्वाचन गरिएको थियो । निर्वाचनमा पाँचजना छात्रा र पाँचजना छात्र चुनावी मैदानमा थिए ।

विद्यालयका प्रिन्सिपल सञ्जीव राईका अनुसार सामाजिक शिक्षाअन्तर्गत विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान प्रदान गर्न  तथा अनुभव बटुल्दै अब्बल  बनाउन निर्वाचनमार्फत क्याप्टेन चयन गरिएको हो ।

पढाइको अबला ब्यवहारीक शिक्षामा जोड दिंदै आएको विद्यालयले विद्यार्थीको रुचि र क्षमता अनुसारको शिक्षा प्रदान गर्दै उनीहरुको क्षमतामा बृद्धि गर्न सहयोग पु¥याउंदै आएको छ ।