बिर्तामोड 

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित भारत उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङ पक्राउ परेकी छन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेकी छिरिङको झोला प्रहरीले जाँच गरेको थियो ।

जाँच गर्दा लुकाइछिपाइ राखेको २ किलो ५ ग्राम चाँदीको दुई थान डल्लो र २८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको थियो ।

अवैध चाँदीसहित पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।