झापाको बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले विपन्न बिरामीको सुविधाकालागि  हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी  सेवा सुचारु गरेको छ । 

अस्पतालले हेड एण्ड स्पाइनल इन्जुरीका विपन्न समुदायका बिरामीहरुका लागि उपचार मा रु. १ लाख सम्मको सहुलियत छुट प्रदान गर्ने जनाएको हो । 

विपन्न नागरिकको हकमा औषधि उपचारवापत सहुलियत प्रदान गर्न सुचिकृत भएसंगै अस्पतालले नेपाल सरकारसँग अस्पतालले सम्झौता गरेको छ । 

सोअनुसार अस्पतालमा नेपाल सरकार बिपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत कडा रोग मध्येका हेड इन्जुरी, स्पाइनल  इन्जुरी उपचार सम्बन्धि सेवा सुचारु भइसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले पत्रकार भेटघाटमा जानकारी दिए ।  

दुर्घटना भएर तथा लडेर घाइते भएकाहरुले यो कार्यक्रमबाट फाइदा लिन सक्ने बताए । उनले बिरामीले सिटी स्कान, औषधि, बेड लगायतमा पनि यो सुविधा प्राप्त गर्न सक्ने बताए ।  

उक्त कार्यक्रम अन्तरगत नेपाली नागरिकले मात्र सेवा पाउने ब्यवस्था रहेको छ ।  सेवा पाउनका लागि डाक्टरले बिरामीको सुचिकृत गरेर  प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको स्वास्थ्य शाखा अन्तरगतको स्वास्थ्य शाखा प्रमुख, प्रमुख प्रकाशकीय अधिकृत, स्थानीयतह प्रमुख सम्मिलित समिति हुने र सो समितिको सिफारिस आवश्यक पर्नेछ । 

स्थानीय तहको समितिले विपन्न नागरिक औषधि कार्यक्रम अन्तरर्गत अस्पताललाई सिफारिस गरेर  पठाएपछि त्यसको आधारमा अस्पतालले सेवा दिने अस्पतालका जनसम्पर्क अधिकारी गिरीको भनाई छ । 

गिरीले  दुर्घटनामा परेको बिरामीको खण्डमा भने पहिला उपचार हुने र पछि डकुमेन्ट ल्याउन सकिने पनि ब्यवस्था छ ।  

कोही पनि बिपन्न नागरिक उपचारबाट बञ्चित हुनु नपरोस भन्ने उदेश्यले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गरिएको अस्पतालले जनाएको छ । यो चांहि बिशेष गरेर दुर्घटनामा परेको खण्डमा मात्र यो सेवा लिन पाइने छ ।  

बिरामीको उपचारमा एकलाख भन्दा कम खर्च भए त्यो ब्यालेन्स रहने अर्को पटक फलोअपमा आउंदा खर्च गर्न सक्ने र एक लाख भन्दा बढी भए बढी भएको रकम  बिरामीले ब्यहोर्नु पर्ने गिरीले बताए । 

यो कार्यक्रममा आबद्धता भएकाहरुले  रेफर लीएर अन्यन्त्रबाट आएर पनि उपचार सेवा लिन सक्ने उनले जानकारी दिए । 

कार्यक्रममा न्यूरो डा. करुणा ताम्राकार, डा. निराजन पराजुलीले विपन्न नागरिकको हेड तथा स्पाइनल इन्जुरीका निम्ति यो स्वास्थ्य बिमा अस्पतालले उपलब्ध गराएको जानकारी दिए ।