बिर्तामोड : झापाको बिर्तामोडमा घर निर्माणका क्रममा चारतले घरको माथिबाट खसेर एकजना निर्माण श्रमिकको ज्यान गएको छ ।
बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्ने क्रममा चार तला माथिबाट खसेर हिजो दिउँसो १२ः५० बजे भारत बोतलबारी घर भएका २० वर्षीय चामाल हक गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा दिउँसो सवा ३ बजे उनको ज्यान गएको हो ।
मृतकका आफन्त आज बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराई आज दिउँसो मृतकका बुवालाई शव जिम्मा दिइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।