बिर्तामोड  । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिर्तामोड नगरपालिका–३ स्थित लक्की रेष्टुरेण्ट एण्ड फास्ट फुडको रुम नम्बर सी ४ बाट विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोली एक भारतीय नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बिर्तामोड–५ का २६ वर्षीय कुन्दनकुमार शर्मा र भारत खुरीबारीका २३ वर्षीय रोहित मुखियालाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

लागुऔषधमुद्धामा झापा जिल्ला अदालतबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।