बिर्तामोड : बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’का लागि रकम संकलन शुरु भएको छ ।
संघका कोषाध्यक्ष युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर कोषमा ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्नुभयो । बिर्तामोडका ब्यवसायीलाई बिपद् पर्दा सहयोग गर्ने उद्देश्यले संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेको हो । आफैंबाट रकम जम्मा गरेर कोष सञ्चालनको शुरुवात गरिएको कोषाध्यक्ष निरौलाले बताउनुभयो ।
व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले एक वर्ष भित्र कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य लिएको संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । ‘जन्म दिनको अवसरमा संघका कोषाध्यक्ष युवराजजी आफैंले रकम जम्मा गरेर कोष सञ्चालनका लागि सक्रियता देखाउनु भएको छ त्यसका लागि धन्यवाद दिन चाहन्छु’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।