दमक  : झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ । इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये दुईजनाको शव भेटिएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एकजना बच्चा र महिलाको शव प्रहरीले भेटाएको छ ।

उनीहरूको पहिचान खुलिसकेको छैन । गाडीको एउटा चक्का मात्रै फेला परेको छ । गाडी भेटिएको छैन । प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ एसपी प्रभु ढकालले भने ।

जिपलाई चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको थियो । उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ । बच्चा र महिलाको शव भेटिएको उनले बताए ।