न्यूटन्स् एजुकेसन एकेडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जन्मदिनको अवसरमा सामुदायिक बिद्यालयलाई फर्निचर प्रदान गरेका छन् ।  बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेसन एकेडेमीका प्रधानाध्यापक हुमागाईले आज पर्न गएको जन्मदिनको अवसरमा वडा नम्बर २ स्थित वीर अमरसिंह प्राबिधिक माध्यमिक बिद्यालयलाई कार्यालय प्रयोजनका लागि सामाग्री हस्तान्तरण गरेका हुन् । 

वडा नम्बर २ का अध्यक्ष किशोरकुमार पौडेल ,प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल,सचीव सुरेन्द्र खरेल,प्रधानाध्यापक यदुनाथ अधिकारी ,बालबालिका शिक्षा संचार मञ्च संयोजक सरोज पौडेलले शुभकामना राखेका थिए ।  

सामुदायिक बिद्यालयको बिकासमा सघाउ पुर्याउने उदेश्य ६० हजार रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको हुमागाईले बताए ।  निजि बिद्यालयले सामुदायिक बिद्यालयको बिकासमा देखाएको सद्भाव प्रती वडाध्यक्ष पौडेलले धन्यवाद दिदै आगामी दिनहरूमा सामुदायिक तथा संस्थागत बिद्यालय हरु समन्वय गरेर बढ्नु पर्ने बताए ।