बिर्तामोडस्थित निदि माध्यमिक विद्यालयमा स्कुल क्याप्टेन र सदन क्याप्टेन निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई चुनावी ज्ञान दिने उद्देश्यले शुक्रबार सञ्चालन भएको उक्त निर्वाचनमा ५० जना विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये दुई जना स्कुल क्याप्टेन र तीन जना भाइस क्याप्टेन गरी जम्मा पाँच जना तथा चार सदन क्याप्टेन उम्मेदवार रहेका स्कुलका प्रिन्सिपल भिस्म प्रसाईले जानकारी दिए ।

उक्त निर्वाचनमा ४८५ मतदाता रहेकोमा ४६७ मत खसेको थियो भने चार मत बदर भएको निर्वाचन आयुक्त सरोज घिमिरेले जानकारी दिए ।

जस अन्तरगत स्कुल क्याप्टेनमा ३४२ मत ल्याएर पृयन्शु ढकाल निर्वाचित भएका छन् भने भाइस क्याप्टेनमा सफिना खातुन २५९ मत ल्याएर निर्वाचित भएकी हुन् ।

त्यसैगरी रेड हाउस क्याप्टेनमा राहुल राजवंशी ५३ मत ल्याएर विजयी भएका छन् भने रेड हाउस भाइस क्याप्टेनमा नवदिप दाहाल २९ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै ब्लु हाउस क्याप्टेनमा ८० मत ल्याएर डेनिस चौहान विजयी भए भने भाइस क्याप्टेनम स्मारिका कुइकेल २६ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यसैगरी गृन हाउस क्याप्टेनमा रिदिमा थापा ३९ मत ल्याएर निर्वाचित भइन भने भाइस क्याप्टेनमा सोनु लिम्बू ४० मत ल्याएर विजयी भएकी छन् ।

त्यस्तै यल्लो हाउस क्याप्टेनमा छेवाङ्ग तामाङ्ग ३२ मत ल्याएर विजयी भए भने अङ्कित भट्टराई ६१ मत ल्याएर भाइस क्याप्टेन निर्वाचित भएका छन् ।

प्रत्येक बर्ष विद्यार्थीहरु आ(आफ्नै सदनको मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिदै आएको छ । निर्वाचन प्रक्रियाबाट छनोट गरिएको नेतृत्वले विद्यार्थीहरुमा सकारात्मक नेतृत्व प्रणाली स्थापित हुने निर्वाचन आयुक्त घिमिरेले बताए ।