प्रहरीले मेचीनगरबाट लागु औषध सहित बिर्तामोड ५ का बर्ष ३८ को सुमन भन्ने सुर्यबंशी राय पक्राउ परेका छन् ।  सोमबार दिउंसो मेची पुलबाट रायलाई लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मेचिपुलमा भारत तर्फबाट भाडाको सिटी सफारीमा नेपाल आउदै गरेका रायलाई शंका लागेर प्रहरीले  सोधपुछ गर्दा लाष्टिकले पोका पारेको लागूऔषध (खैरो हेरोइन) फेला पारेको प्रहरीले जनाएको छ । रायको साथबाट प्रहरीले  प्लाष्टिक सहित तौल गर्दा २ ग्राम ५३  मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । 

उनलाई इप्रका कांकरभिट्टामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।