बिर्तामोड–५ शनिश्चरेरोड स्थित झापा इनर्जीको कार्यालयबाट दिउँसै मोटरसाइकल चोरी भएको छ । सोमबार ४ः३० बजेको समयतिर झापा इनर्जीको कार्यालय मुनी प्यासेजमा पाकिङ गरेर राखिएको प्र–०१–१२ प ९२५१ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । 

उक्त मोटरसाइकल झापा इनर्जीमा कार्यरत  बित्तिय बिभाग प्रमुख पुस्कर कडरियाको हो । उक्त मोटरसाइकल पहेंलो कलरको भेष्ट र कालो रंगको हाफ पेन्टमा पैदल हिंड्दै आएका एक युवाले चोरी गरेर लांदै गरेको दृश्य सिसी क्यामरामा कैद छ । 

 अफिसको कामले तल आउंदा बाइक नदेखेपछि कडरीयाले चोरी भएको भेउ पाएका थिए । उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा मोटरसाइकल चोरी भएको बिषयमा निवेदन दिइसकेको जानकारी दिए । पछिल्लो समय बिर्तामोड बजार क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी हुंदै आएको छ ।