आगलागी लगायतका घटनाका कारण व्यवसायीले ब्यहोर्नु परेको क्षतिमा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा  युवा व्यवसायी ‘जीपी पाण्डे’ अर्थात घनेन्द्रराज  पाण्डेले आर्थिक सहयोग गरेका छन् । 

संघले केही समय अघि मात्र स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी राहत कोषमा पाण्डेले जन्म दिनको अबसर पारेर २१ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् । 

जन्म दिनको अबसरमा अधिकांशले फजुल खर्च गर्छन् पाण्डेले भने – सामाजिक हितका लागि त्यो पैसा खर्च गर्दा भोलि विपद्मा पर्नेलाई राहत उपलब्ध गराउन मद्धत पुग्छ । तसर्थ म सबैलाई अपिल गर्न चाहन्छु कोष बृद्धिमा तपाईएको पनि योगदान रहोस् ।

 पाण्डेले  संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गर्दै संघका अध्यक्ष लगायत सबै पदाधिकारीलाई धन्यवाद समेत दिए । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’, कोषाध्यक्ष युवराज निरौला, व्यवसायी राजेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो