झापा : झापाको बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर २०८१’ प्रतियोगिता हुने भएको छ । आयोजक संस्था बिर्तामोड स्नुकरले पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असार १५ गतेदेखि बिर्तामोडमा शुरु हुने र प्रतियोगितामा नेपालका टप १६ मा रहेका राष्ट्रिय स्नुकर
खेलाडीेसहित स्थानीय खेलाडीको सहभागीता रहने जानकारी दिएको हो । कोशी प्रदेशबाट ८ जना र झापाबाट ८ जना गरी ३२ जना खेलाडीको सहभागिता रहने बिर्तामोड स्नुकरका प्रकाश लिङ्देनले जानकारी दिए ।

उनका अनुसार प्रतियोतिामा प्रथम हुने खेलाडीलाई २ लाख, फष्ट रनरअपलाई ८० हजार, हाइयस ब्रेकरलाई ५०, म्याक्सिमम ब्रेकरलाई एक लाख ४७ हजार र सेमिफाइनलमा प्रवेश गर्नेलाई २०–२० हजार पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । लिङ्देनले हालसम्म नेपालमा म्याक्सिमम ब्रेकर कोही पनि नभएको बताए ।
प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाँ खर्च हुने र स्थानीय खेलप्रेमी, सामाजिक संघसंस्थासहित आयोजकले नै खर्च ब्यहोर्ने आयोजक संस्थाले जनाएको छ ।

_1736908732.jpg)
स्नुकर खेल अन्तर्राष्ट्रियस्तरमा चर्चित खेल भए पनि नेपालमा भने खासै चर्चा नभएकोले उक्त प्रतियोगिताले खेलप्रेमीमाझ चिनाउने लिङ्देनले बताएका छन् ।
आयोजक बिर्तामोड स्नुकरका तर्फबाट खेम बुढाथोकी, नवल अग्रवाल, चित्रप्रकाश राईलगायतले स्नुकर खेलका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन् । प्रतियोगिताका लागि ३२ जना राष्ट्रिय, पूर्वका र स्थानीय खेलाडीहरुलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ । इटहरीका आयुस गौतम, काठमाडौंबाट ह्याङचु आले तामाङ, रजेन लामा, मिलन लामा, सविन तामाङ, जय महर्जन, अजय सुनवार, फुर्वा देर्जे शेर्पा, बिराटनगरबाट अमन कार्की, पोखराबाट बुटवलबाट
अंकितमान श्रेष्ठ (रेगन), हेटौडाबाट सोम लामा, नितेश खण्डेवाल, पोखराबाट सोम बिक, विकास महर्जन, बुटवलबाट कुनाल श्रेष्ठ इटहरीबाट आयुश गौतमले सहभागिता जनाउने छन् ।
यसैगरी, पूर्वका खेलाडीहरु विराटनगरबाट सरोज गौतम, विशाल निरौला, इटहरीबाट आशिक राई, मन्दिप कटुवाल, धरानबाट मनिष श्रेष्ठ, बिरे लिम्बु, दमकबाट सुजन तामाङ र ताप्लेजुङबाट दिपेन्द्र भट्टराई छन् । झापाका खेलाडीहरुमा बिर्तामोडबाट आकाश गजमेर, खेम बुढाथोकी, सोबित बास्तोला, बिशाल तामाङ, बिपिन कार्की, बिकाश गोयल, नवल अग्रवाल र दीपक घिमिरे रहेको आयोजकले जनाएको छ ।