बिर्तामोड  : छठ महिला मञ्च बिर्तामोडले स्तन क्यान्सर सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । आज सोमबार बिर्तामोडस्थित आँगन होटलमा क्यान्सर सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । बीएण्डसी अस्पतालको स्त्रीरोग विशेषज्ञ डा. सन्ध्या शाहाको प्रमुख आतिथ्य तथा मञ्चकी अध्यक्ष निशा शाहा गुप्ताको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

pic 3

 कार्यक्रममा प्रमुख अतिथि डा. शाहाले स्तन क्यान्सरका नेपालमा बर्सेनि धेरै महिलाहरुले अकालमा ज्यान गुमाउने गरेको बताइन् । उनले घरमा आफैँले स्तन क्यान्सर भए नभएको बारेमा थाहा पाउन सकिने बताइन् । 

pic nisa

महिलाहरुले आफ्नो स्तनमा गाठाँगुठी, अस्वाभाविक परिवर्तन वा असहज भए चिकित्सकसँग परामर्श लिएमा समयमा नै स्तन क्यान्सर लाग्नबाट बच्न सकिने भन्दै सचेत रहन सुझाव दिइन् ।

 कार्यक्रममा प्रादेशिक अस्पताल भद्रपुरका प्रसुती इञ्चार्ज सीता भण्डारीले सहभागीलाई स्तन क्यान्सरका बारेमा प्रशिक्षण दिएकी थिइन् ।

 कार्यक्रममा बिर्ता लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, लायन्स क्लब अफ बिर्तामोड लेडी अध्यक्ष निरु उप्रेती ओली, इनरह्वील क्लब अफ मिडटाउनकी अध्यक्ष मोनिका अग्रवाल, नारी सञ्चार गृहकी कोषाध्यक्ष स्वस्तिका आचार्य, सञ्चारिका समूहकी लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 मञ्चकी महासचिव रेणुका महतोले सञ्चालन गरेको कार्यक्रममा मञ्चको स्वास्थ्य संयोजक सविता शाहाले स्वागत गरेकी थिइन् । कार्यक्रमा ६० जना भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।