बिर्तामोड   : झापाको बिर्तामोडमा पानीमा डुबेर एकजना युवाको मृत्यु भएको छ ।  बिर्तामोड १० इलामेली टोलका ३५ वर्षीय सुनिल मुर्मूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार आज दिउँसो २ः४५ बजे होपन मुर्मूका छोरा सुनिल घरनजिकै रहेको पैनीमा डुबेको अवस्था मृत भेटिएका थिए ।