बिर्तामोड

झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आज दिउँसो २ बजे खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा १९ वर्षीय मौसम राईको मृत्यु भएको  प्रहरीले जनाएको छ ।


घाइते अवस्थामा भेटिएका राईको उपचारको क्रममा दमक आम्दा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।