बिर्तामोड ः युरोप , अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयर गिभरको मागलाई मध्यनजर गर्दै झापाको बिर्तामोड स्थित ब्रिटिश ल्याङवेज एण्ड आइटी इन्स्टिच्युटले केयर गिभर तालिम सुरु गरेको छ ।
यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरको सहयोग तथा ब्रिटिश ल्याङवेजको आयोजनामा आजबाट तीन महिने तालिम सुरु भएको हो ।
एक दशकभन्दा बढी इजरायलमा केयर गिभरको काम गरेका अनुभवी प्रशिक्षकबाट अध्ययन अध्यापन गराउने गरी ब्रिटिश ल्याङवेजले तालिम सुरु गरेको सञ्चालक वत्सल भट्टराईले जनाकारी दिए ।
यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरका सिइओ नरेन्द्र दङ्गालले तालिमको उद्धघाटन गरेका थिए ।
वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त एवं व्यावसायिक सीप तथा तालिम परिषद् (सिटिइभिटी)को कोशी प्रदेशमै एक मात्र सम्बन्धन प्राप्त यलम्बर केयर गिभरले बिर्तामोडमा पहिलो पटक तालिम सुरु गरेको बताइएको छ ।
तालिममा सहभागि प्रशिक्षार्थीलाई अनुभवी प्रशिक्षक कमला निरौला र प्रतिभा पोखरेलले कार्यक्षेत्रमा बहन गर्नुपर्ने जिम्मेवारी र आइपर्ने चुनौतीबारे प्रशिक्षण प्रदान गर्दैछन् ।
हाल युके, अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्याण्ड, जर्मनी, डेनमार्क, जापान, इजरायल आदि मुलुकमा नेपाली केयर गिभरको माग बढ्दो छ भने त्यसतर्फ नेपालीहरूको आकर्षणसमेत बढ्दै गएको छ ।
तर ब्रिटिशले अहिले इजरायलका लागि फोकस गरेर तालिम सञ्चालन गरेको सञ्चालक भट्टराईको भनाई छ । तालिम लिन इच्छुकले प्लस टु अध्ययनको कागजात र उमेर २५ देखि ४५ बर्ष सम्मकाले सम्पर्क राख्न सक्ने जनाइएको छ ।
केयर गिभरका सञ्चालक भगवान बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन वत्सलले गरेका थिए ।