झापा ।
यातायात व्यवस्था कार्यालय झापाबाट बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको जनगुनासो बढेसँगै शुक्रबार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले करिब नौ जना बिचौलियालाई पक्राउ गरेको हो।
सवारी सम्बन्धी कामका लागि यातायात कार्यालय पुग्दा सेवाग्राही हरु बिचौलियाका कारण ठगिने गरेको र केही बिचौलियाले सेवाग्राहीको लाखौं रुपैयाँ रकम लिएर फरार रहेको र सेवाग्राहीबाट रकम लिने र कार्यालयमा दाखिला नगर्ने लगायतका समस्याहरु उजागर भएपछि प्रहरीले पक्राउ गरेको हो।

_1736908732.jpg)
प्रहरीका अनुसार दुईजना महिलासहित ९ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।