झापा : जिल्ला प्रशासन कार्यालय, झापाले आफ्नो सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउंदै लगेको छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कार्यालयले तीनवटा विशेष क्यूआर कोड सञ्चालनमा ल्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार, यो प्रविधिको मुख्य उद्देश्य सेवा प्रवाहलाई थप स्वच्छ, पारदर्शी र नागरिकमैत्री बनाउनु हो ।
उनले अब सेवाग्राहीले आफ्नो मोबाइलबाटै क्यूआर कोड स्क्यान गरेर आवश्यक जानकारी लिन, गुनासो दर्ता गर्न र सुझाव दिन सक्ने जनाएका छन् ।

_1751853734.jpg)
कार्यालयले सार्वजनिक गरेका तीन क्यूआर कोडमध्ये एउटा नागरिक बडापत्रको डिजिटल संस्करणको रूपमा रहेको छ, जसले कार्यालयबाट प्रदान गरिने सेवाहरूको विस्तृत जानकारी दिन्छ ।
अर्को क्यूआर कोडमार्फत सेवाग्राहीले सिधै आफ्नो गुनासो वा सुझाव दर्ता गराउन सक्नेछन् भने तेस्रो कोड राष्ट्रिय परिचयपत्रसम्बन्धी जानकारीका लागि छुट्याइएको छ ।

_1736908732.jpg)
यी सबै सुविधा कार्यालयको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने प्रजिअ अधिकारीले बताएका छन् । तीनवटै क्यूआर कोड प्रशासन कार्यालयको वेबसाइटमा राखिएको छ ।
यो प्रविधिले नागरिक र प्रशासनबीचको दूरी घटाउने विश्वास प्रशासनले लिएको छ ।
