प्रहरी प्रधान कार्यालयले जेल तथा सुधार गृहबाट भागेकारनिस्किएका कैदीबन्दीलाई फर्किन अपिल गरेको छ । बिहीबार दिउँसो विज्ञप्ति जारी गरी प्रहरीले भागेका कैदीबन्दीलाई प्रहरीरप्रशासनसँग सम्पर्क गर्न पनि भनेको हो ।

कारागारबाट भागेका कैदीबन्दी मध्ये १४५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ । यसमध्येकै केही आफैं सम्परकमा आएपनि अधिकांशलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

जेन जीको प्रदर्शनपश्चात मंगलबार र बुधबार गरी देशका विभिन्न कारागारमा रहेका १३ हजारभन्दा बढी कैदीबन्दी भागेका थिए ।