काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । स्रोतका अनुसार ९ बजे उनको शपथ हुने छ । अहिले पत्र तयार भइरहेको जनाइएको छ ।


उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ । बैठकले संकटकालको सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्रोतले जनाएको छ ।


आम सहमतिका आधारमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की दुई वटा सम्माननीय पदमा पुग्ने पहिलो व्यक्ति बनेकी छन् ।अन्तरिम प्रधानमन्त्री सँगै अन्य कम्तिमा दुई मन्त्रीको शपथ ग्रहण हुने भएको छ । एकजना जेनजीको प्रतिनिधि बालेन शाहका सल्लाहकार समेत मन्त्री हुनेछन् । nepalpress.com