झापाकाे बिर्तामाेड ५ मा रहेकाे जि एण्ड डी  कन्चनजङ्गा डेन्टल केयरले  निशुल्क दन्त शिविर सञ्चालन गरेकाे छ । 

डेन्टलले बिर्तामाेड ४ मा रहेकाे  कन्चनजङ्गा  विद्यालयमा  १० दिने निशुल्क दाँत तथा मुखकाे  शिविर सम्पन्न गरेकाे हाे । 

विद्यार्थीहरु स्वस्थ भएको खण्डमा मात्र शिक्षण प्रभावकारी हुने भएकाले विद्यालयले दन्त शिविरको आयोजना गरेको विद्यालयका संस्थापक डाक्टर केशबराज न्याैपानेले जानकारी दिए ।  

IMG-20251224-WA0026

‘विद्यार्थीहरुको दाँतमा समस्या आउँदा पठन पाठनमा प्रभाव पर्ने भएकाले दाँतमा समस्या आउन नदिनका लागि १०  दिने निःशूल्क दन्त शिविर आयोजना गरिएको हो’ उनले भने ‘विद्यार्थीहरुलाई मानसिक र शारीरिक रुपमा सक्षम बनाउन विद्यालय लागपरेको छ ।’

उनका अनुसार विद्यालयमा मंसिर १६ गतेदेखि २९ गते सम्म शिबिर सन्चालन गरिएकाे हाे । 

स्कुलमा नर्सरीदेखि प्लस टु सम्मै अध्ययनरत विद्यार्थीकाे मुख तथा दन्त स्वास्थ्य सम्बन्धि निःशुल्क परिक्षण एवं सचेतना सम्बन्धी दुई छुट्टाछुट्टै कार्यक्रम गरिएकाे जि एण्ड डी  कन्चनजङ्गा डेन्टल केयरकाे आरसीटी विशेषज्ञ तथा प्रबन्ध निर्देशक डा. गंगा न्यौपानेले जानकारी दिईन । 

उनका अनुसार विद्यार्थीहरुको दन्त परिक्षण तथा मुख, गिजा र दन्त सचेतना कार्यक्रम गरिएकाे  हो । 

दाँतसम्बन्धी समस्याको पहिचान र दाँतको सुरक्षा बारे शिविरमा परिक्षण तथा जानकारी गराईएको डा.  न्यौपानेकाे भनाई छ । 

शिविरमा सम्भव भएका मुख, गिजा र दन्दसम्बन्धी समस्याको शिविरमै समाधान गरिएको र सम्भव नभएका समस्याहरु अस्पतालमै आउन सुझाव दिईएको जानकारी दिईन् । 

अस्पतालमा उपचार गर्न आउनेलाई ४० प्रतिशत सम्म छुटकाे ब्यवस्था रहेकाे जि एण्ड डी  कन्चनजङ्गा डेन्टल केयरले जनाएकाे छ । 

जि एण्ड डी  कन्चनजङ्गा डेन्टल केयरकाे प्रबन्ध निर्देशक डा. गंगा सहित  डाक्टर रूपा बिमली र समीक्षा थापाले 

विद्यार्थीहरुमा दाँत किराले खाने, दाँत फोहोर हुने लगायतका समस्याहरु देखिएको बताए ।  दाँत, मुख र गिजा सफा र स्वस्थ राख्नका लागि दैनिक दुइपटक ब्रस गर्न, कस्तो टुथपेस्ट प्रयोग गर्ने आदिबारे विद्यार्थीलाई जानकारी गराईएको डा. न्याैपानेले  बताईन् ।  

सो  विद्यालयका  १ हजार ८ सय ५० विद्यार्थीको निशुल्क दाँतको परिक्षण  गरिएको थियो ।


परीक्षणमा अधिकांश बालबालिकाको दाँतमा किरा लागेको र गिजामा समस्या देखिएको परीक्षणमा संलग्न दन्त चिकित्सकहरुले बताएका छन् । शिविरमा बालबालिकाको दन्त परीक्षणका साथै दाँत स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रमहरु पनि आयोजना गरिएको अस्पतालले जनाएको छ ।