लिंकन मनटेश्वरी स्कुलले  आज  बालबालिकाको निःशुल्क आँखा परीक्षण गरेकाे छ । 

बिर्तामाेड ३ मा रहेकाे लिङ्कन मन्टेश्वरीको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा आज एकदिने नि:शुल्क आँखा , कान  स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।

आँखा स्वास्थ्य शिविरमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, अभिभावक, स्थानीय गरी ८० बढीको आँखा परिक्षणसहित औषधिसमेत वितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक सञ्जु अर्यालले जानकारी दिइन् ।

20251225_113304

बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक अर्याल र  गणेश खड्का , ईन्द्रबहादुर केसीकाे टोलीले आँखा परिक्षण गरेको थियो ।

विद्यार्थीहरुको आँखामा हुने सक्ने  रोगहरुको पहिचान गरी उपचार गराउनमा समन्वय गर्ने उद्देश्यले मन्टेश्वरीले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनले माेवाइल र टेलिभिजनकाे बढ्दाे  प्रयाेगले विद्यार्थीहरूकाे आँखामा पर्न सक्ने समस्यालाई निराकरण गर्न प्रत्येक बर्ष विद्यालयले स्वास्थ्य शिबिर गरिरहेकाे सन्चालक पाैडेलकाे भनाई छ । 

बिर्तामाेड २ का वडाध्यक्ष किशाेर पाैडेलकाे प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएकाे हाे । 

कार्यक्रममा विर्तामाेड आँखा अस्पतालका सन्चालक विनाेद दाहाल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्याैपाने, बिर्तामाेड उद्योग बाणिज्य संघका काेषाध्यक्ष युवराज निराैला, शान्ति टाेल बिकास समिति अध्यक्ष नन्दकुमार अधिकारी लगायतले शुभकामना मनतब्य राखेका थिए । कार्यक्रमकाे सन्चालन सराेज पाैडेलले गरेका थिए ।