बिर्तामोडमा मध्यराती सवारी दुर्घटना भएकाे छ । बिहिबार आज मध्यराती १.१५ बजे भद्रपुरराेड स्थित साथी मेडिकल अगाडि कार दुर्घटना भएकाे हाे ।
बिर्तामाेड मुक्ति चाेकबाट भद्रपुर राेड तर्फ जाँदै गरेकाे बा १ च २१८२ नम्बरकाे कार दुर्घटनामा परेकाे हाे ।

नयाँ बर्ष २०२६ काे सुरवातकाे अवसरमा चालकले मादक पदार्थ सेवन गरेर तिब्र गतिमा सवारी चलाउँदा अन्यत्रित भएर गाडि दुर्घटनामा परेकाे जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएकाे छ ।
गाडि सडबाट पुर्व तर्फ पसलमा झरेकाे थियाे । दुर्घटनामा परी कचनकबल ६ काे बर्ष २३ काे एलिस तामाङ, साेहि ठाउँकाे बर्ष २१ काे रतन राई घाईते भएका छन् ।

प्रहरीका अनुसार तामाङकाे अवस्था मध्यम र राई सामान्य घाईते छन् । उनीहरूकाे बिर्तासिटी अस्पतालमा उपचार हुँदैछ । चालक बिर्तामाेड ४ बस्ने बर्ष २५ काे मदन लिम्बू प्रहरीकाे नियन्त्रणमा छन् । उनी सकुशल रहेकाे बताईएकाे छ ।
चालक लिम्बु ईप्रका बिर्तामोडकाे नियन्त्रणमा रहेकाे र घटनाका बिषयमा अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।









































