झापाको मेचीनगर ३ स्थित तेलपानीमा आज एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । श्रीकृष्ण प्रणामी युवा परिषद झापाकाे आयाेजनामा आँखाकाे स्वास्थ्य शिबिर गरिएकाे हाे । 

सामाजिक उतरदायित्व अन्तरगत विकट क्षेत्रका  सामान्य आँखा जाँचकालागि अस्पताल जान नसक्ने स्थानियलाई लक्षित गरेर शिबिर आयाेजना गरिएकाे प्रणामी युवा परिषद झापा समर्पण खतिवडाले जानकारी दिए । 

20260101_133449

काँकरभिट्टा स्थित मेची नेत्रालयको प्राविधिक सहयोगमा भएको  शिविरमा  ३ सय  २२ जनाले  सेवा लिएका थिए।

१ सय ५३ लाई निशुल्क चश्मा समेत बितरण गरिएकाे अध्यक्ष खतिवडाले बताए । 

शिबिरमा अप्रेसन गर्नु पर्ने अवस्थाका बिरामि समेत फेला परेकाे र उनिहरूकाे अस्पतालमा युवा परिषदकाे समन्वयमा निशुल्क अप्रेसन गरिने बताईएकाे छ ।

५४ हजार बराबरकाे निशुल्क ओैषिधि वितरण समेत गरिएकाे थियाे । 

20260101_132442

युवा परिषद सचिव बासुदेव पाण्डेले पहिलाे चरणकाे सन्चालन गरेकाे कार्यक्रममा स्वागत युवा परिषद उपाध्यक्ष कुमार कार्कीले गरेका थिए । 

मेचिनगर ३ का वडाध्यक्ष हर्कबहादुर बस्नेत, मन्दिर समिति अध्यक्ष कुलप्रसाद बड्ताैला शुभकामना मनतब्य राखेका थिए ।   डाक्टर याेगेन्द्र राउत मेची नेत्रालय हस्पिटलकाे बारेका धारणा राखेका थिए । 

20260101_132121

त्यस्तै दाेस्राे चरणमा श्री कृष्ण प्रणामी धर्मका जगतगुरु आचार्य श्री १०८ कृष्णमणि महाराजजीको ६२औ शुभ जन्मोत्सवको अवसर पारेर जाडोको न्यानो कपडा तथा स्टेसनरी वितरण गरिएको छ । 

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल कोशी प्रदेश र श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल कोशी प्रदेश जिल्ला कार्यसमिति झापाको आयोजनामा जाडाेकाे ब्लयाङकेट बितरण गरिएकाे हाे । 

श्री कृष्ण प्रणामी युवा परिषद प्रारम्भिक समिति बाहुनडाँगी मन्दिरमा दुबै कार्यक्रम भएकाे हाे । 

20260101_131155

  श्रीकृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय उपाध्यक्ष मिलन बस्नेत रहेका थिए ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट विपन्न समुदायका जेष्ठ नागरिकहरूलाई न्यानो ब्ल्याङ्केट  वितरण गरेका हुन्। 

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, युवा परिषदका केन्द्रीय उपाध्यक्ष मदन अधिकारी ,सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईं  लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

बाहुनडाँगी तेलपानी मन्दिरका उपाध्यक्ष मातृका भट्टराईले दाेस्राे चरणकाे   कार्यक्रमकाे स्वागत गरेका थिए ।

त्यस्तै युवा परिषद पुर्व अध्यक्ष सागर मिश्रले प्रार्थनाकालागि बालबालिकालाई पाेशाक उपलब्ध गराएका थिए । 

कार्यक्रमकाे सञ्चालन श्रीकृष्ण प्रणामी सेवा समिति कोशी प्रदेश अध्यक्ष अनिल ढुङ्गानाले गरेका थिए। कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको केन्द्रीय उपाध्यक्ष सारदा थपलीया, 

शनिश्चरे बाईजुराज अध्यक्ष बिन्ध्या बस्नेत,  , युवा परिषद सह सचिव मिलन सिवाकोटी,  उपाध्यक्ष कुमार कार्की,  धीरेन्द्र कटुवाल,  टहलदास ओली , रामप्रसाद दाहाल,  मातृका पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।