झापा ।
झापाको बिर्तामोडबाट लागु औषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुष १७ गते राति करिब २१:०० बजेको समयमा जिल्ला झापा बिर्तामोड नगरपालिका–४ अन्तर्गत बिर्तामोडबाट करिब १ किलोमिटर दूरीमा इप्रका अनारमनीबाट खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा पर्नेहरूमा जिल्ला झापा दमक नगरपालिका–४ बस्ने वर्ष २३ का राजा माझी, दमक नगरपालिका–१ बस्ने वर्ष २९ का टेकबहादुर कुमाल र दमक नगरपालिका–१ बस्ने वर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ७ ग्राम ४३० मिलिग्राम (प्लास्टिक बाहेक ६ ग्राम १५० मिलिग्राम), प्रतिबन्धित औषधी “Nitrozepam tablets IP (Nitrosun® 10)” लेखिएको ६ पत्ता (५५ ट्याब्लेट), दुई थान स्क्रिन टच मोबाइल फोन र एक थान किप्याड मोबाइल फोन बरामद गरेको जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।







































