बिर्तामोड ।  अनुचित लेनदेनमा संलग्न एकजनालाई प्रहरीले बिर्तामाेडबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले हिजो दिउँसो बिर्तामोड-५ कनकाई रोडबाट सोही स्थानका बिष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय  झापाबाट खटिएको प्रहरी टोलिले अपराधिक बिश्वासघात ठगी अनुचित लेनदेन सम्बन्धि मुद्दाका प्रतिवादी पक्राउ परेका हुन् ।