झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक आज बिहान भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाकाे टाेलीले लागि परेकाे छ ।  

सडक छेउमा रहेको सो शंकास्पद वस्तुलाई निष्क्रिय पार्न कन्काई पुल मुनि उक्त वस्तु लगिएको सेनाले जनाएकाे छ  । 

अरिदमन गण चारआली ब्यारेकबाट  मेजर आनन्द श्रेष्ठको कमाण्डमा खटिएकाे डिस्पोजल टोली घटना स्थलमा रहेकाे   गणले जनाएको छ । 

सो वस्तु बम नभएर प्रेसर कुकरमा तार जोडेको होक्स भएको जनाइएको छ ।

शंकास्पद वस्तु डिस्पाेज गर्ने क्रममा केही समय पूर्वपश्चिम राजमार्गमा यातायात बन्द गरिएको थियो । 

अहिले राजमार्ग सुचारु भइसकेकाे जनाएकाे छ ।   सो शंकास्पद वस्तुसंगै सनातन सुरक्षा सेना नेपालको पर्चा भेटिएको छ ।