नेपाली सेनाले  दुर्घटनामा परेको बुद्ध एयरका यात्रुकाे  उद्धार गरेको छ । 

हिजाे राती  ९ बजेर ६ मिनेटमा काठमाण्डौबाट भद्रपुरतर्फ आउँदै गरेको बुद्ध एयरको फ्लाईट नंम्बर 9N-AMF ९०१ विमान झापा जिल्ला भद्रपुर न.पा.-८ स्थित विमानस्थलमा अवतरण हुने क्रममा धावन मार्गबाट चिप्लिएर ओभर-रन भई पूर्वतर्फ २०० मिटर अगाडी घोडामारा खोल्सीमा पुगेको थियो।

 उक्त विमानमा सवार ५१ जना यात्रु र चालक दल ५ जना गरी जम्मा ५६ जना सवार रहेका थिए ।  

IMG-20260103-WA0028

घटनास्थलमा आपत्कालीन उद्धार कार्यको लागि ९ बजेर २० मिनेटमा  अरिदमन गणको सुरक्षा गुल्म चन्द्रगढीबाट २१ जनाको उद्धार टोलीले  यात्रुलाई विमानभित्रबाट निकाल्ने तथा निजहरुको लगेजहरु निकाल्ने कार्यमा सहयोग गरेको थियाे। 

उद्धार कार्यमा आवश्यक समन्वय गर्न  गणका गणपति प्रमुख सेनानी सरोज थापाको कमाण्डमा १० जनाको टोली राती १० बजे दुर्घटना स्थलमा पुगेकाे थियाे । 

थप सुरक्षा व्यवस्थाको लागि अन्य सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसंग समन्वय गणपति थापाले गरेका थिए । 

घटनास्थलमा रहेको विमानको सुरक्षाको लागि अरीदमन गणको १५ जनाको नफ्री र सशस्त्र प्रहरी वलको फौजले रातभर डिउटीमा खट्टिएको थियाे ।

एयरलाइन्सले दुर्घटनाको समयमा उद्दार कार्यमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, उड्डयन प्राधिकरण र बुद्ध एयरका कर्मचारीहरू प्रति आभार पनि व्यक्त गरेको छ ।