झापा । 

झापाको दमक नगरपालिका–९ मा सञ्चालन थुक्पा फ्याक्ट्रीमा आगलागी हुँदा एक करोड १३ लाख रुपैयाँको क्षति भएको छ । सोही स्थानका पदम भण्डारीले सञ्चालन गरेको टिनको छानो पक्की वाल भएको स्वस्तिक थुप्पा फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगोलागी भएको हो । 

आज शुक्रवार बिहान ९ः४५ बजेको समयमा आगलागी हुँदा फ्याक्ट्री पूर्ण रुपमा जलेको छ । साथै उनको सोही फ्याक्ट्रीसँगै रहेको तिन तले पक्की घर समेत जलेर घर भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ । 

दमक, उर्लाबारी, गौरादह, पथरी शनिश्चरे, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल, स्थानियबासी, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको  प्रहरी टोली समेतको सहयोगमा आगो ११ः२५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । 

आगलागीबाट फ्याक्ट्री तथा घर पूर्ण रुपमा जलेर नष्ट  हुँदा अन्दाजी एक करोड ३० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।