झापाको बिर्तामोडबाट लागुओैषध सहित दुई जना युवा पक्राउ परेका छन् । प्रतिबन्धित लागु औषध खैरो हेरोईन सहित आज साँझ ७.४० बजेकाे समयमा बिर्तामोड न.पा. वडा नं.०४ गोमेन्द्र कलेजछेउबाट दुई जना पक्राउ परेका हुन् ।
उनीहरूकाे साथबाट प्लास्टिक सहित (४६) छियालिस ग्राम , प्लास्टिक बाहेक (४१) एकचालिस ग्राम (५८०) पाँच सय असि मिलिग्राम प्रतिबन्धित लागु औषध खैरो हेरोईन बरामद भएकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार प्रकाउ पर्नेमा झापा भद्रपुर न.पा. वडा न.०२ बस्ने २६ बर्षकाे सागर प्रधान र भद्रपुर न.पा. वडा न.०१ बस्ने २५ बर्षकाे निरोज लिम्बु रहेका छन् ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय काँकडभिट्टा झापा र इप्रका बिर्तामाेडबाट खटिएको प्रहरी टोलिले लागू औषध बिक्रि बितरण भईरकेको छ भने गोप्य सुचनाको अधारमा उनीहरूलाई लागुओैषध सहित प्रहरीले प्रकाउ गरेकाे हाे ।
साथै उनीहरूकाे साथबाट स्कुटर tvs कम्पनिको प्र.-०१-०१५ प ३४२७ नं. र सामाुङ कम्पनिको स्क्रिनटच मोवाईल १ थान र रेडमि कम्पनिको स्क्रिन टच मोवाईल १ थान र सादा सेट मोवाईल १ थान बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।
आवश्यक अनुसन्धानको लागि उनीहरूलाई ईलाका प्रहरी कार्यालय अनारमुनी झापामा राखिएकाे प्रहरीले जनाएकाे छ ।









































