बिर्तामोड– हल्दीबारी जेसीजको प्रथम शाखा अधिवेशनले नितेश खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा मिलन विश्वकर्मा र प्रायुष पौडेल चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा कमला मैनाली, भरत ढकाल, जयप्रकाश दाहाल र दिलकुमार राजवंशी चयन भएका छन् ।
सचिवको जिम्मेवारी मन्दिरा घिमिरेले सम्हाल्ने भएकी छन् भने शाखा सम्पादकमा नवीनकुमार भट्टराई चयन भएका छन् । जनसम्पर्क अधिकारीमा बीपी कोइराला र तालिम निर्देशकमा भुवन साह ९पंकज० निर्वाचित भएका छन् ।
स्थानीय युवालाई संगठित गर्दै जेसीज अभियानमा सक्रिय गराउने, सीप तथा नेतृत्व क्षमताको विकास गर्ने र सामाजिक उत्तरदायित्वलाई अभियानका रूपमा सञ्चालन गर्ने दीर्घकालीन अवधारणाका साथ युनिता दवाडीको नेतृत्वमा हल्दीबारी जेसीज स्थापना भएको थियो ।
संस्थापक अध्यक्षका रूपमा दवाडीले हल्दीबारीमा जेसीज अभियानमा युवाहरूलाई उत्प्रेरित मात्रै गरिनन्, सामाजिक उत्तरदायित्व र जिम्मेवारीलाई समेत उत्तिकै सकारात्मक ढंगले निर्वाह गरिन् । हल्दीबारीमा जेसीजको जग बसालेको पहिलो श्रेय पनि उनलाई प्राप्त भयो ।
अधिवेशनका प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले युवाहरूको नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा जेसीजको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
कार्यक्रममा विशेष अतिथिका रूपमा हल्दीबारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजवंशी र वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष थापा सहभागी थिए ।
निर्वाचन अधिकृतका रूपमा मातृशाखा चारआली जेसीज २०२५ का अध्यक्ष तथा नेपाल जेसीज २०२६ का राष्ट्रिय कोषाध्यक्ष जेसी सुजूप सुवेदीको भूमिका रहेको थियो ।
त्यसैगरी मातृशाखा चारआली जेसीजका पूर्व अध्यक्षहरू उत्तमप्रसाद पकुवाल २०१९, दीपेन्द्र निरौला विकास , २०२०, संगीत शिवाकोटी २०२३ तथा २०२६ का नवनिर्वाचित अध्यक्ष सञ्जय निरौलाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अध्यक्ष सल्लाहकार हिमा पौड्याल र प्रमुख बोर्ड सल्लाहकार कुसव मैनालीले पनि शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित कार्यसमितिले हल्दीबारी क्षेत्रका युवालाई नेतृत्व, व्यक्तित्व विकास तथा सामाजिक सेवामा थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।









































