काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि अहिले कांग्रेसमा विवाद बढ्दै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको बन्दसत्र जारी रहेको छ ।








































