बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले गएराति स्विप अपरेेसन गरेर बिर्तामोड बसपार्कबाट ६ जनालाई नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी बीट बसवार्कले गएराति ७ बजेदेखि साढे १० बजेसम्म गरेको अपरेसनबाट संकास्पद अवस्थामा फेला पारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले झापा गाउँपालिका-६ बस्ने नवराज भट्टराई, अर्जुनधारा-६ का सुभन राई, ११ का अंकित प्रधान, ईलामको माई-१० बस्ने आशिका लावती, बुद्दशान्ति-४ बस्ने देवराज अधिकारी र १ बस्ने उदेश लिम्बु रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।