हिमाली एजुकेशन फाउन्डेसन मा.वि .अर्जुनधाराको १९ ओैं बार्षिक उत्सव सम्पन्न भएको छ । आज बुधबार एक समारोहकाबिच विद्यालय परिसरमा विभिन्न साँस्कृतिक प्रस्तुती सहित बार्षिकउत्सव सम्पन्न गरिएको हो । 

WhatsApp Image 2026-01-14 at 15.22.43

विद्यालयको संस्थापक खड्गराज गिरीको अध्यक्षता तथा अर्जुनधारा नगरको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख हरिबहादुर कुंवरको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको हो । बार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुंवरले नीजि विद्यालयहरुले पनि पढाई अलवा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड दिंदै गएको बताए । नीजि विद्यालका विद्यार्थीहरु अहिले गायन, खेल, नृत्य, साहित्य लगायतका विद्यामा अगाडि बढिरहेको धारणा राखे ।

WhatsApp Image 2026-01-14 at 15.22.44 (1) 

प्रधानध्यापक शान्ता गिरिले स्वागत गरेको कार्यक्रमको सन्चालन विद्यार्थी मनिष बुढाथोकी र शिक्षक बासुदेव बरालले संयुक्त रूपमा  गरेका थिए । 

कार्यक्रममा विद्यार्थीले विभिन्न जातजातिका पहिरन तथा संस्कृति झल्कने नृत्य, गायन सहित  बक्तित्वकला, कबिता, रेम्स लगायतका प्रस्तुती राखेका थिए । 

विद्यालयले बर्ष उत्कृष्ट शिक्षक २०८२ बाट  मनिला शेर्मालाई सम्मानपत्र र नगद सहित सम्मान गरेको छ ।  कार्यक्रममा प्वाबसन अर्जुनधारा नगर अध्यक्ष बालगोपाल गौतम, बिर्तामोड खानेपानीका सचिब पारषमणी मैनाली लगायतको आतिथ्य रहेको थियो । 

WhatsApp Image 2026-01-14 at 15.22.44 (2)

कक्षा ९ सम्म रहेको विद्यालयमा  ३८० जना विद्यार्थी रहेका छन् ।  २०६३ सालमा स्थापना भएको विद्यालयमा कर्मचारी र शिक्षक गरि ३५ जना कार्यरत रहेका छन् ।