काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षबाट निष्कासित महामन्त्री गगन थापाले शेरवहादुर देउवा नेतृत्वको कार्य समिति भंग भएर विशेष महाधिवेशन चलिरहेको जानकारी निर्वाचन आयोगलाई यसअघि नै गराइसकिएको बताएका छन् ।
बन्दसत्रमा सम्बोधन गर्दै थापाले निर्वाचन आयोगलाई विशेष महाधिवेशनको जानकारी गराइसकेकाले देउवा पक्षले आयोगमा पठाएको पत्र र प्रतिनिधिको औचित्य नरहेको दाबी गरे ।
थापाले भने–मलाई निर्वाचन आयोग लगायत सबै संस्थाहरुप्रति विश्वास छ । वहुमत महाधिवेशन प्रतिनिधिहरु जम्मा भएर विधिसम्म ढंगले आएको परिणामलाई आयोगले मान्यता दिनेछ । मलाई कानून र संविधानप्रति विश्वास छ । नेपाली कांग्रेस कसैको निजी कम्पनी होइन कसैले कसैलाई निकाल्न । उहाँहरुले सहमहामन्त्री बद्री पाण्डेलाई निर्वाचन आयोगमा धर्ना राखेर हामीलाई निर्वाचन सार्न जालझेल गरिरहनुभएको रहेछ । मलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाएर हामीलाई यता अल्मल्याउने खेल भएको रहेछ । तर हामीले पहिले नै विशेष महाधिवेशन उद्घाटनलगत्तै १४ औं महाधिवेशनबाट निर्वाचित कार्य समिति भंग भएको र नयाँ कार्यसमिति महाधिवेशनबाट निर्वाचित भएपछि अद्यावधिक गराइन्छ भनेर पत्र पठाइसकेका थियौं ।
nepalpress.com








































